एउटै घरका १६ जना सम्पर्क विहीन

सिन्धुली | साउन १२, २०८२

एउटै घरका १६ जना सम्पर्क विहीन

सिन्धुली:  सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पर्ने एकै घरका १६ जना सम्पर्क विहीन भएका छन्। सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पा नजिकको एक हायु परिवार नै सम्पर्क विहीन भएको स्थानीयले जनाएका छन्।


गोलान्जोर गाउँ पालिका वडा नस् ६ को छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्ने उर्मिला हायुको १६ जना परिवार सम्पर्क विहीन भएको वडा अध्यक्ष रबिन श्रेष्ठले बताए । 


घरमा केही हल्का क्षति भएको छ । बाख्रा ,कुखुरा,भैसि अलपत्र अवस्थामा रहेको र सम्पूर्ण परिवार हराएको हुँदा खोजी कार्य जारी राखेका वडाध्यक्ष क्षेत्रीले बताए । 


वडा अध्यक्ष श्रेष्ठका अनुसार उक्त्त घरबाट अरू घर पुग्न १५ मिनेट बढीको दुरीमा छ एकान्तमा भएकाले कहिले देखि घर अलपत्र छाडेर कहाँ गए केही पत्तो छैन । घर भन्दा केही माथि गोठ छ त्यो गोठमा बाधेको भैसिलाइ घाँस हाल्न घरका नगएको नै ३ दिन भएको बताए । 


जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लाल ध्वज सुबेदीका अनुसार १६ जना सम्पर्क विहीन भएको प्रहरीलाई जानकारी आएपछि प्रहरी पुगेको छ । 


केही दिन अगाडि हायुको भत्ता लिएका रहेछन् कतै घुम्न गएका पनि हुन सक्छन् हामी मोबाइलको लोकेसन हेर्दै हेर्दै गरेको उनले बताए । 

 

घरका सबै जना सम्पर्क विहीन हुँदा पशु चौपायाको बिजोग भएको स्थानीयले जनाएका छन् । उक्त्त घरमा १८ जना रहेको र १ जना काठमाडौँ र १ जना विदेशमा रहेको स्थानीयले बताएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्